Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ताको आम्दानी घट्यो ?

अर्थ संसार

बुधबार, २२ पुस २०७७, १५ : ४० मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ताको आम्दानी घट्यो ?

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको  छ  । आज सेयर बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक१३.०७ अंकले बढेर २१७८.५७ अंकमा पुगेको छ  । नेप्से ०.६०  प्रतिशले बढेको हो । 

यस्तै सेन्सेटिभ परिसूचक पनि ४.४५अंकले बढेर ४१८.१४ अंकमा पुगेको छ ।

कुल २ सय 5 वटा कम्पनीको १ करोड ५ लाख ३५ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार बढ्दा पनि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको प्रोमोटर सेयरले सबैभन्दा बढी गुमाएको छ त्यसैगरी क्रमशः जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल हाइड्रो कम्पनी डेभलपर्स लिमिटेड घलेम्दी हाइड्रोपावर लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड , बोटलर्स नेपाल (तराई) लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, अपि पावर लिमिटेड, नेशनल हाइड्रो लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडले पनि सर्वाधिक नाफा गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको