Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले बोलायो वार्षिक सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

विहीबार, २३ पुस २०७७, ०८ : १५ मा प्रकाशित

गुडविल फाइनान्सले बोलायो वार्षिक सभा, के-के छन् मुख्य एजेण्डा ?

गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था) ले छब्बिसौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको संचालक समितिको ३६३औं बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २९ गते बुधबार होटल क्राउन इम्पेरीयल, रविभवन, काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फरेन्स माध्यमबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी, संचालक समितिले सिफारिस गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजी ८० करोड लाभांश कर प्रयोजनार्थ सहित प्रतिसेयर नगद लाभांश ३.६ प्रतिशतका दरले हुने २ करोड ८८ लाख नगद लाभांश र ८.४ प्रतिशतले हुने ६ करोड ७२ हजार बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको