सोमबारको कारोबारको प्रिसेसनमा ३० अंकले बढेर २२०० को बिन्दुमा पुगेको नेप्से सूचक अन्य दिन घटेको थियो, पुनः आज बिहिबार यो समाचार तयार पारुन्जेल २३.६८ अंकले बढेर २२०२.२४ को बिन्दुमा पुगेको छ ।
यो साताको कारोबारको पहिलो दिन नेप्से उच्च अंकले बढेको थियो । सोमबारको कारोबारको प्रिसेसनमा नेप्से ३० अंकले बढेपछि नेप्से सूचकले २२०० को बिन्दु पार गरेको थियो ।
सोमबार कारोबाको प्रारम्भमा नेप्से बढेर सर्वाधिक उच्च विन्दुमा पुगेका भएतापनी कारोबारको अन्तिम सम्ममा नेप्सेले ओरालो यात्रा तय गरेको थियो ।
सोमबार र मंगलबार आरालो लागेको नेप्से हिजो बुधबारको कारोबारमा भने १३ अंकले बढेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस