Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १५ : ०६ मा प्रकाशित

दोहोरो अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको  छ  । आज सेयर बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक १५.७८ अंकले बढेर २१९४.३५ अंकमा पुगेको छ  । नेप्से ०.७२ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ३.०२ अंकले बढेर ४२१.१६ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड १७ लाख २ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८४  करोड ५१ लाख ७९ हजार ५ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :

5ff6d359e1796.JPG 5ff6d359f2c57.JPG 5ff6d35aa3576.JPG 5ff6d35bbb39a.JPG 5ff6d35c80205.JPG 5ff6d35c888b6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको