Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १५ : ५३ मा प्रकाशित

बिहिबार यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको  छ  । आज सेयर बजार दोहोरो अंकले बढेको हो ।
आज नेप्से परिसूचक १५.७८ अंकले बढेर २१९४.३५ अंकमा पुगेको छ  । नेप्से ०.७२ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ३.०२ अंकले बढेर ४२१.१६ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड १७ लाख २ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८४  करोड ५१ लाख ७९ हजार ५ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार बढ्दा पनि यी १० कम्पनीले सर्वाधिक गुमाए :

सेयर बजार १५ अंकले बढ्डा पनि एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार सेयरको सबैभन्दा बढी गुमाएका छ । त्यसैगरी खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड, कालिका पावर लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले पनि सर्वाधिक नाफा गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको