Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीकाे बोनश सेयर तपाईंको खातामा आउन कति समय लाग्छ ?

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १६ : ४९ मा प्रकाशित

कम्पनीकाे बोनश सेयर तपाईंको खातामा आउन कति समय लाग्छ ?

अहिले बिभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीलाइ धमाधम लाभांश घोषणा गरिरहेका छन् । कम्पनीहरुले लाभांश घोषणा गरिरहेको बेला आम अगानीकर्ताको चासो भने आफूले लाभांश बापत पाएको नगद र बोनस सेयर कहिले आफ्नो खातामा आउला भन्ने रहेकाे छ ।

हामीले आम लगानिकर्ताको चासोको बिषयलाई सेयर बजारलाई नियमन र नियन्त्रण गर्ने निकाय नेपाल धितोपत्र बोर्ड समक्ष राखेका छौ । नेपाल धितोपत्र बोर्डका सहप्रवत्ता रुपेश केसीका अनुसार सबै कम्पनीहरुले सबैभन्दा पहिले आफ्नो संस्थाको सञ्चालक समितीको बैठकबाट लाभांश प्रस्ताव गर्दछन् । त्यसपछि लाभांश प्रस्ताव प्रत्यक्ष नियमनकारी संस्थालाई जानकारी गराई त्यहाँबाट स्वीकृती प्राप्त गरेपछि कम्पनीले बार्षिक साधारणसभाबाट अनुमोदन गराउँछन् ।

कम्पनीको स्विकृत पूँजी बोनश सेयर थप गर्दा पुग्ने अवस्थामा भएका कम्पनीहरुको बोनश सेयर लगानीकर्ताहरुले छिट्टै पाउन सक्छन् भने स्विकृत पूँजी बढाउन पर्ने अवस्थाका कम्पनीहरुको बोनश सेयर आउन भने केही समय बढी लाग्दछ ।

जस्तो कुनै कम्पनीहको हालको स्विकृत पूँजी १ अर्ब रुपैयाँ छ तर अहिलेको चुक्ता पूँजी जम्मा ९० करोड रुपैयाँ छ भने त्यस्ता कम्पनीहरुले १० करोड रुपैयाँ बराबरको बोनश सेयर बितरणका लागि कम्पनीको साधारणसभा सम्पन्न भएको ढिलामा १ महिनाभित्र नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।

यसरी सबै कागजात पुगेका कम्पनीहरुको बोनश सेयर साधारणसभा सम्पन्न भएको ३०  दिनदेखि ४५ दिनसम्ममा लगानीकर्ताहरुको खातामा आउने गर्दछ ।

त्यसै गरि कुनै कम्पनीको स्विकृत पूँजी १ अर्ब छ र अहिलेको चुत्ता पूँजी पनी १ अर्ब रुपैयाँ बराबरकै छ भने त्यस्ता कम्पनीहरुले बोनश सेयर वितरण गर्नु पूर्व कम्पनीको पूँजीलाई बृद्धि गर्नुृपर्ने हुन्छ । त्यसका लागि साधारणसभाबाट कम्पनीको पूँजी बृद्धिको र्निणय गराई कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत गराउनु पर्ने हुन्छ ।

कम्पनी रजिष्टारको कार्यलयबाट पूँजी बृद्धिको अनुमति पाएपछि त्यस्ता कम्पनीहरुले अनुमति पाएको १५ दिनभित्रमा धितोपत्र बोर्डमा बोनस बितरणका लागि निबेदन दिनुपर्ने हुन्छ । यसरी हेर्दा स्विकृत पूँजी पुगेका कम्पनीहरुको लाभांश केही छिटो लगानीकर्ताहरुले प्राप्त गर्दछन् भने स्वीकृत पूँजी नगुगेका कम्पनीहरुको बोनश सेयर बितरणमा भने केही समय लाग्ने देखिन्छ ।

सेयर बजारको ज्ञानको लागि यो भिडियो हेरौं । 

सेयरबजारको कमाईबाट शिव प्रसाद पौडेल सन्तुष्ट | ब्लू चिप कम्पनीको सेयरमा गुमाएको अनुभव | Shiva Poudel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको