Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी विकास बैंकले हकप्रद सेयर निष्काशन मिति तोक्यो !

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, ११ : १९ मा प्रकाशित

नारायणी विकास बैंकले हकप्रद सेयर निष्काशन मिति तोक्यो !

नारायणी विकास बैंकले मंगलाबार नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्काशनको अनुमति पाएपछी माघ १३ गतेबाट हकप्र्रद सेयर जारी गर्ने भएको हो । 

बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो अर्थात पहिले बैंकको १ कित्ता  सेयर हुने सेयरधनीहरुले १ कित्ता बाराबर नै हकप्रद सेयर पाउनेछन् । बैंकले ६ लाख ५६ हजार १६९ कित्ता सेयर १ सय रुपैया अंकित मूल्यमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैया बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद सेयर निष्काशनका लागि बैंकले पुस २९ गते बुकक्लोज गर्ने जनाएको छ अर्थात पुस २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयर पाउनेछन् ।

बैंकको हकप्रद सेयर बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद सेयरका लागि बिक्रि प्रबन्धकको कार्यलय जमल,नारायणी बैंकको केन्द्रिय कार्यलय र शाखा कार्यलयहरु, धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्र्राप्त बैंक तथा बित्तिय संस्थाहरु का साथै मेरो सेयर सफ्टवेयर मार्फत फाल्गुन ३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

क्रेडिट रेटिङ एजेन्सि इक्रा नेपालले बैंकलार्ई इक्राएनपीआईआर सिङ्गल सी’ रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तिय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको