Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र कारोबारको राफसाफका लागि टि प्लस २ प्रणाली कायम

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १५ : ०५ मा प्रकाशित

धितोपत्र कारोबारको राफसाफका लागि टि प्लस २ प्रणाली कायम

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ र फछ्र्योटमा टि प्लस २ प्रणाली लागुगर्ने भएको छ । 

आज शुक्रबार एक बिज्ञप्ती जारी गर्दै बोर्डले यस्तो जानकारी गराएको हो । हाल सम्म टि प्लस ३ प्रणाली लागु थियो । हाल सम्म कारोबार भएको  ३ दिन सम्ममा कारोबार रकम राफसाप र फछ्र्योट गरिदै आएकोमा अब कारोबार भएको दिन पछि २ दिन भित्रमा कारोबारको राफसाफ र फछ्र्योट गर्नुपर्ने बोर्डले जनाएको छ । 

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट चक्र छोटिई टि प्लस २ कायम भएसंगै धितोपत्रको तरलतामा बृद्धि भई थप गतिशिल हुने तथा लगानीकर्ताहरुलाई  थप लगानीको अवसर प्राप्त हुने अपेक्षा बोर्डको रहेको बिज्ञप्तीमा जनाइएको छ ।  
 

5ff8244bc6fc5.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको