Like us!
Follow us!
Connect us!
Watch us!

आज यी ४ कम्पनीको वार्षिक सभा हुँदै, कुनको लाभांश कति ?

अर्थ संसार

आइतबार, २६ पुस २०७७, ०८ : १९ मा प्रकाशित

आज यी ४ कम्पनीको वार्षिक सभा हुँदै, कुनको लाभांश कति ?

आज (पौष २६ गते) यी ४ वटा कम्पनीको वार्षिक साधारण सभा हुँदैछ ।  लुम्बिनी विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, प्रभु बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकको साधारण सभा आज हुन् लागेको हो । 

कुनको एजेण्डा के ? 
 

लुम्बिनी विकास बैंक
बैंकको १३ औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, काठमाडौंमा बिहान ११ बजे शुरु हुँदैछ ।  बैंकको संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश स्वीकृत गरिनेछ । 

बरुण हाइड्रोपावर कम्पनी
कम्पनीको १७औं वार्षिक साधारणसभा युनियन हाउस अनामनगर, काठमाडौंमा आज बिहान १० बजे हुनेछ । सभामा संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई २०७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

प्रभु बैंक लिमिटेड
बैंकको १९औं वार्षिक साधारणसभा बैंकको केन्द्रीय कार्यालय, काठमाडौंमा बिहान ११ बजे शुरु हुँदैछ ।  सभामा संचालक समितिको बैठकले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

नेपाल बंगलादेश बैंक
बैंकको २६औं वार्षिक साधारणसभा आज बैंकको रजिष्टार्ड कार्यालय काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ । 
साधारण सभाले बैंकले गत आर्थिक बर्षका लागि तय गरेको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशतले हुन आउने नगद लांभाश ( लांभाश कर प्रयोजनार्थ) पारित गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको