Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा लगानी गरेर कति कमाउनु भयाे ? पूराना सेयर खेलाडी शिवप्रसाद पाैडेलसँग कुराकानी

अर्थ संसार

आइतबार, २६ पुस २०७७, १० : २४ मा प्रकाशित

शिवप्रसाद पाैडेल सेयर बजारका पूराना खेलाडी हुन् । राष्ट बैंकमा कार्यरत आफ्नै दाजुकाे सल्लाहमा सेयर बजारमा प्रवेश गरेका पाैडेल सेयर बजारमा पूरा समय सपर्पित छन् ।

पाैडेल २०४८ सालमा उनी बैंकहरूकाे आइपिओ किनेर सेयर बजार प्रवेश गरेका थिए । उनी केही समय बैदेशिक राेजगारमा गएका थिए । फर्केपछि उनी निरंतर सेयर किनबेचमा लागिरहेका छन् ।

उनी कस्ता कम्पनी छनाैट गर्छन् ? कम्पनीले दिएकाे लाभांशकाे इतिहास, प्रतिसेयर आम्दानी, ब्राेकरहरूकाे सल्लाह लिएर लगानी गर्छन् । उनले २०६३ सालतिर उनले बैंक अफ काठमाडाैंकाे सेयर ब्लुचिप ठानेर झण्डै २५०० रूपैयाँ हालेर किनेका थिए ।

त्यस कम्पनीकाे सेयर घट्दै जाँदा धेरै समय हाेल्ड गर्नु पर्ने अबस्था अएकाे उनकाे अनुभव छ । उनी प्राथमिक सेयर निस्कासन भएका बेला परिवारका सबै सदस्यका नामबाट आवेदन गर्छन् नै । त्यसबाहेक उनी दाेस्राे बजारमा दीर्घकालीन देखि अल्पकालिन लगानी गर्छन् । समग्रमा आफू सेयर बजारमा लागेर नाफामै रहेकाे उनकाे अनकाे भनाइ छ ।

बजारमा प्रवेश गर्नेहरू लाई उनी कम्पनीकाे आधारभूत विष्लेषण गरेर मात्र लगानी गर्न सल्लाह दिन्छन् । कम्पनीकाे लाभांशकाे इतिहास, प्रतिसेयर आम्दानी, पिइ रेसियाे, पिबि रेसियाे, बुक भ्यालुलगायतका तथ्यांक हेरेर दगानी गर्नु पर्ने उनकाे सल्लाह छ । पाैडेल लगानीकर्ताका सेलिब्रेटी पनि हुन् ।

उनी हरेक कम्पनीकाे साधारणसभामा बक्ताका रूपमा उपस्थित हुन्छन् । कम्पनीका अनियमितता, कम्पनीकाे सुसासनबारे उनी सशक्त आवज उठाउँछन् ।

उनले साधारणसभामा राखेकाे कुराले संस्था लाई सही ट्रयाकमा ल्याउन सकेकाे उनी बताउँछन् । अर्थसंसार डटकमका लागि प्रधानसम्पाक लीलानाथ घिमिरेले सेयर लगानीकर्ता शिवप्रसाद पाैैडेलसँग गरेकाे भिडियाे कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको