Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट यी कम्पनीका लगानीकर्ताहरु भए सन् २०२० मा मालामाल !

अर्थ संसार

आइतबार, २६ पुस २०७७, १० : ३९ मा प्रकाशित

सेयर बजारबाट यी कम्पनीका लगानीकर्ताहरु भए सन् २०२० मा मालामाल !

बर्ष सन् २०२० बिश्वका लागि नै अविस्मरणीय रह्यो । कोभिड १९ ले यो बर्ष बिश्वलाईआक्रान्त बनायो ।  विश्वका अधिकांश देशहरुको अर्थतन्त्र कोभिडका कारण ठप्प भयो । 

कोरोनाका कारण विश्वका अधिकांस देशहरुले लकडाउन गरे । त्यसले आर्थिक गतिबिधी ठप्प हुन पुग्याे । नेपालमा पनि कोभिडका कारण सरकारले २०७६ साल चैत्त ११ गतेबाट देशव्यापी लकडाउनको घोषणा गर्यो । जसका कारण सम्पूण आर्थिक गतिबिधीहरु ठप्प रहे ।

चैत्त ११ गतेबाट सुरु भएको बन्दाबन्दी असार १ गतेसम्म निरंतर रह्यो । असार १ गतेबाट सरकारले आर्थिक गतिबिधीहरुलाइ केहि खुकुलै बनाउदै ल्याएको हो । कोरोनाको कारण नेपालको अन्य आर्थिक गतिबिधीहरु ठप्प हुँदा सेयर बजार पनि बन्द रह्यो । सन् २०२० सुरुवाती २ महिना सेयर बजारमा कारोबार भए ता पनि २०२० को करिब ३ महिना बजार पूर्ण रुपमा बन्द रह्यो ।

सन् २०२० मा करिब ९ महिना मात्र सेयर कारोबार भएकोमा सेयर बजारले अहिले नयाँ मुकाम हासिल गरेको छ । सन् २०२० मा कतिपय कम्पनीका लगानीकर्ताहरुले लोभलाग्दो मुनाफा हासिल गरेका छन् । 

समग्रमा बर्ष २०२० नेपाली सेयर बजारका लागि सुखद बर्ष रह्यो । यो बर्ष नेपालको नेप्से परिसूचक ९० प्रतिशत भन्दा बढिले बृद्धि भएको छ ।

सन् २०१९ को अन्तिम दिनदेखि  २०२० को अन्तिम दिनसम्मको कारोबारका आधारमा बर्ष २०२० मा सबैभन्दा बढी मुनाफा हासिल गर्ने मुख्य कम्पनीहरु कुनकुन हुन्ः 

१.हिमालयन डिस्टिलरीः बर्ष २०२० मा हिमालयन डिस्टिलरीका लगानीकर्ताहरुले राम्रो मुनाफा कमाएका छन् । सन् २०१९ को अन्तिम दिनमा १२३० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको कम्पनीको सेयर मूल्य सन् २०२० को अन्तिम दिनसम्म आइपुग्दा ५ हजार २ सय ८० रुपैयाँ पुगेको थियो । कम्पनीले गतबर्षको मुनाफाबाट ५० प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । यो कम्पनीमा एक बर्षअघि १०० कित्तामा १२३००० रुपैया लगानी गर्ने लगानीकर्ताको पूँजी एक बर्षमा बृद्धि भएर ५ लाख ५२ हजार ८०० रुपैयाँ पुगेको हो । यो बर्ष यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको ३२९.२६ प्रतिशत नाफा कमाएका हुन् । 

२. शिवम् सिमेन्टः यस कम्पनीका लगानीकर्ताहरुका लागि पनि बर्ष २०२० एकदमै सुखद रह्यो । सन् २०१९ को अन्तिम दिनमा ४६४ रुपैयामा कारोबार भएको कम्पनीको सेयर मूल्य २०२० को अन्तिम दिनसम्म आइपुग्दा १५४१ रुपैयाँ पुगेको थियो । यो बर्ष यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको २३२.११ प्रतिशत नाफा कमाएका हुन् ।

३.साल्ट ट्रेडिङ कर्पोरेसनः बर्ष २०२० मा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताहरुले राम्रो मुनाफा हासिल गरेका छन् । सन् २०१९ को अन्तिममा यस कम्पनीको सेयर प्रतिकित्ता १९९९ मा कारोबार भएकोमा २०२० को अन्तिमसम्म आइपुग्दा कम्पनीको मूल्य ६२८० पुगेको हो । यो बर्ष यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको २१४.६० प्रतिशत नाफा कमाएका हुन् । 

४.नेको इन्स्योरेन्सः यो कम्पनीका लगानीकर्ताहरुले बर्ष २०२० मा राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । सन् २०१९ को अन्तिम दिन ४१७ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य २०२० को अन्तिम दिन सम्ममा ११६५ रुपैयाँ पुगेको थियो । यो बर्षमा यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको १७९.३७ प्रतिशत नाफा कमाएका हुन् ।

५.मिथिला लघुबित्तः बर्ष २०२० मा मिथिला लघुबित्तका लगानीकर्ताहरुले राम्रो मुनाफा हासिल गरेका छन् । सन् २०१९ को अन्तिममा यस कम्पनीको सेयर प्रतिकित्ता ४८३ रुपैयाँमा कारोबार भएकोमा २०२० को अन्तिमसम्म आइपुग्दा कम्पनीको मूल्य १२१५ रुपैयाँ पुगेको हो । यो बर्ष यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको १५१.५५ प्रतिशत नाफा कमाएका हुन् ।

६.मन्जुश्री फाइनान्सः यो कम्पनीका लगानीकर्ताहरुले बर्ष २०२० मा राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । सन् २०१९ को अन्तिम दिन १३३ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य २०२० को अन्तिम दिन सम्ममा ३२९ रुपैयाँ पुगेको थियो । यो बर्षमा यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको १४७.३६ प्रतिशत नाफा कमाएका हुन् ।

७.नागरिक लगानी कोषः यस कम्पनीका लगानीकर्ताहरुका लागि पनि बर्ष २०२० एकदमै सुखद रह्यो । सन् २०१९ को अन्तिम दिनमा २०९५ रुपैयाँ रहेको कम्पनीको प्रतिकित्ता सेयरको मूल्य सन् २०२० को अन्तिम दिन तिर आइपुग्दा ५१०० रुपैयाँ पुगेको थियोे । कोषले १ः०.८२ को अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति पाएपछि कम्पनीको मूल्य समायोजन भएर बर्षको अन्तिम दिनमा ३४३० रुपैयाँमा कारोबार भएको छ। यो बर्ष यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको १४३.४३ प्रतिशत नाफा कमाएका हुन् ।

८.नेपाल लाइफ इन्स्योरेन्सः यो कम्पनीका लगानीकर्ताहरुले बर्ष २०२० मा राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । सन् २०१९ को अन्तिम दिन ९७३ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य २०२० को अन्तिम दिन सम्ममा २२९५ रुपैयाँ पुगेको थियो । यो बर्षमा यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको १३५.६२ प्रतिशत नाफा कमाएका हुन् ।

९.अपी पावर कम्पनीः यो कम्पनीका लगानीकर्ताहरुले बर्ष २०२० मा राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । सन् २०१९ को अन्तिम दिन ११० रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य २०२० को अन्तिम दिन सम्ममा २४१ रुपैयाँ पुगेको थियो । यो बर्षमा यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको ११९.०९ प्रतिशत नाफा कमाएका हुन् ।

१०.एनआइसी एसिया बैंकः यो कम्पनीका लगानीकर्ताहरुले बर्ष २०२० मा राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । सन् २०१९ को अन्तिम दिन ४०८ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य २०२० को अन्तिम दिन सम्ममा ८८२ रुपैयाँ पुगेको थियो । यो बर्षमा यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको ११५.८९ प्रतिशत नाफा कमाएका हुन् ।

११.नबिल बैंकः यो कम्पनीका लगानीकर्ताहरुले बर्ष २०२० मा राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । सन् २०१९ को अन्तिम दिन ६८१ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य २०२० को अन्तिम दिन सम्ममा ११०० रुपैयाँ पुगेको थियो । यो बर्षमा यस कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानीको ६१.५२ प्रतिशत नाफा कमाएका हुन् । बैंकले गतबर्षको मुनाफाबाट ३३.५० प्रतिशत बोनश सेयर वितरणको प्रस्ताव गरेपछि बैंकको सेयर मूल्य समायोजन गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको