Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पुन: नयाँ रेकर्ड, ४१.२४ अंकले बढ्यो नेप्से

अर्थ संसार

आइतबार, २६ पुस २०७७, १५ : १३ मा प्रकाशित

सेयर बजारमा पुन: नयाँ रेकर्ड, ४१.२४ अंकले बढ्यो नेप्से

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले नयाँ रेकर्ड राखेको छ  । आज नेप्से  २२३५.७२ अंकमा पुगेर नयाँ रेकर्ड राखेको हो   । 

आज नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा पुगेको छ  । नेप्से १.८८ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ७.२१ अंकले बढेर ४२८.४३ अंकमा पुगेको छ ।

कुल २ सय ७ वटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२  करोड ६६ लाख ४६ हजार ८ सय ६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ४० करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको