Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्दा यी कम्पनीका सेयरधनी मालामाल

अर्थ संसार

आइतबार, २६ पुस २०७७, १५ : ४० मा प्रकाशित

सेयर बजार बढ्दा यी कम्पनीका सेयरधनी मालामाल

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले नयाँ रेकर्ड राखेको छ  । आज नेप्से  २२३५.७२ अंकमा पुगेर नयाँ रेकर्ड राखेको हो   । 
आज नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा पुगेको छ  । नेप्से १.८८ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ७.२१ अंकले बढेर ४२८.४३ अंकमा पुगेको छ ।

कुल २ सय ७ वटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२  करोड ६६ लाख ४६ हजार ८ सय ६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बढेको सेयर बजारमा प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफा कमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो  ।

त्यसैगरी, क्रमशः नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, कुमारी बैंक लिमिटेड, युनाइटेड फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, प्राइम कमर्शियल बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडले पनि सर्वाधिक नाफा कमाएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको