Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको वार्षिक सभा आज, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

सोमबार, २७ पुस २०७७, ०७ : ३७ मा प्रकाशित

हिमालयन बैंकको वार्षिक सभा आज, यस्ता छन् पारित हुने एजेण्डा

हिमालयन बैंक लिमिटेडको २८औं वार्षिक साधारणसभा आज (पौष २७ गते, सोमबार) हुँदैछ । उक्त सभा हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु हुनेछ । 

सभाले संचालक समितिले सिफारिस गरे बमोजिम नाफाको बाँडफाँड तथा चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ  । 

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधरणसभा प्रयोजनको लागि पौष १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको