Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी ५ कम्पनीको वार्षिक सभा हुँदै, कुनको एजेण्डा के ?

अर्थ संसार

सोमबार, २७ पुस २०७७, ०८ : २५ मा प्रकाशित

सोमबार यी ५ कम्पनीको वार्षिक सभा हुँदै, कुनको एजेण्डा के ?

आज (पौष २७ गते, सोमबार) विभिन्न ५ वटा कम्पनीको वार्षिक साधारणसभा हुँदैछ ।  माउन्टेन इनर्जी नेपाल लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक सभा आज हुन लागेको हो । 

कुनको एजेण्डा के ?
१. माउन्टेन इनर्जी नेपाल लिमिटेड

माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (पौष २७ गते, सोमबार) हुँदैछ ।  
कम्पनीकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको उक्त सभा आज आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. माउन्टेन हाइड्रो नेपाल लिमिटेड
माउन्टेन हाइड्रो नेपाल लिमिटेडको संयुक्त वार्षिक साधारण सभा आज (पौष २७, गते, सोमबार) हुँदैछ    ।
कम्पनीले चौंथो तथा पाँचौं सभा एकैपटक आह्वान गरेको हो कम्पनीको पौष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आज कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु हुनेछ   ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ  ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पौष १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ  ।

त्यसैले पौष १२ गतेसम्म नेप्सेमा कायम कारोबार गर्ने सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

३. समृद्धि फाइनान्स कम्पनी लिमिटेड
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (पौष २७ गते सोमबार) हुँदैछ। कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको १९औं वार्षिक साधारणसभा आज होटल सामना, हेटौंडा-४ मेनरोड, मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, हाल कायम चुक्ता पूँजीको २ बराबर एक (२:१) अनुपातले रु १०० अंकितका दरले २७ लाख २९ हजार ७०५ हकप्रद सेयर जारी गर्ने सम्बन्धमा पनि छलफल गरिनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पौष २२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

४. एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज (पौष २७ गते सोमबार) हुँदैछ।

संस्थाको पाैष ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे ८औं वार्षिक साधारण सभा आज हाेटल पाेखरा, ग्रान्ड, पार्दी, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, सभाले संस्थाकाे मंसिर ९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 
संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गतेदेखि पाैष २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेर्हौं वार्षिक साधारणसभा आज (पौष २७ गते सोमबार) हुँदैछ। कम्पनीको पौष ६ गते सोमबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंबाट भिडियो कन्फरेन्सको माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीको संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर पारित गरिनेछ ।

यसका साथै, कम्पनीको सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष १७ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्दैछ । त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको