आज (सोमबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार झिनो अंकले बढेको हो । आज नेप्से २२३९.७२ अंकमा पुगेर नयाँ रेकर्ड राखेको हो ।
आज नेप्से परिसूचक ३.७० अंकले बढेर २२३९.४२ अंकमा पुगेको छ । नेप्से ०.१७ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.९६ अंकले बढेर ४२९.३९ अंकमा पुगेको छ ।
कुल २ सय ८ वटा कम्पनीको १ करोड ३५ लाख ६० हजार ७ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा ५अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ५ वटा उपसमुहको सेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा सिद्धार्थ बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ४२ करोड ६२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि पौष २८ गते बुकक्लोज गर्दैछ । त्यसैले उक्त कम्पनीको कारोबार बढेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस