Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारणसभा सम्पन्न

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १६ : ४९ मा प्रकाशित

नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारणसभा सम्पन्न

नेपाल सुनचाँदी व्यवसायी महासंघको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको सातौं तथा आठौँ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । महाअधिवेशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

महासंघका अध्यक्ष मोहन सुनारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनुभएको छ । उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित हुनु भएको छ । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्म निर्वाचित हुनभएको छ । प्रवक्तामा मनोज कुमार शाह निर्वाचित हुनुभएको छ । यस्तै सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित हुनु भएको छ । 

महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्थ्ता भए अहनुरुप यी सवै पदमा निर्विरोध भएको हो । साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार प्रश्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा वहादुर सुनार, महेन्द्र रत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहनुभएको छ । यस्तै प्रश्तावित सचिवमा केश वहादुर सुनार तथा प्रश्तावित सहकोषध्यक्षमा रमेशह रसाइली रहनु भएको छ । नयाँ ब्ष्यवस्थ अनुरुपअव महासंघमा ७७ जनाको कार्यसमिति रहने छ ।

निर्वाचित हुने सदस्यहरुको नामावली तल संलग्न गराइएको छ । महाअधिवेशनको पहिलो दिन शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । संघीय संरचना अनरुप आफूलाई अगाडि बढाएको महासंघले यसअघि नै प्रदेशगतरुपमा नयाँ नेतृत्व चयन गरिसकेको छ । केन्द्रिय नेतृत्वमा प्रत्येक प्रदेशवाट दुई/दुई जनाकादरले १४ जना र बाँकी एक महिलासदस्य सहितका पदाधिकारी एवं सदस्यहरु केन्द्रिय तहवाट छनौट गर्ने व्यवस्था विधानमा छ ।  ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको नेपाल भरिका सुनचाँदी व्यवसायीहरुको छाता संगठन हो । मुलुकको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला÷नगर संघको अलावा एशोसिएट सदस्यहरु तथा वस्तुगत संघहरु  यस महासंघमा आवद्ध रहेका छन ।  साधारणसभाका अवसरमा तीन जना सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । 
    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको