Like us!
Follow us!
Connect us!
Watch us!

आज १० वटा कम्पनीको साधारणसभा, कुनको प्रस्ताबित लाभांश कति ?

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, ०८ : ११ मा प्रकाशित

आज १० वटा कम्पनीको साधारणसभा, कुनको प्रस्ताबित लाभांश कति ?

पुष महिनाको अन्त्य नजिकएसँगै एकै दिनमा धेरै कम्पनीको साधारणसभा हुने गरेको छ । पुष २८ गते अर्थात आज १०  वटा कम्पनीले साधारणसभा बोलाएको छन् । 

लक्ष्मी बैंक लिमिटेड,ई बैंक लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त, गुहेश्वरी मर्चेण्ट  बैंकिङ एण्ड फाइनान्स, साना किसान लुघुवित्त संस्था, वोमी लघुवित्त, ङादी ग्रुप पावर, आरबिबि मर्चेन्ट बैंकिङ्ग र एनएमबि क्यापिटलको साधारणसभा हुने भएको हो ।

लक्ष्मी बैंक

बैंकको  २०औं वार्षिक साधारणसभा बिहान ११ः३० बजे बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा हुँदैछ । बैंकको आजको साधारणसभाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

वुटवल पावर कम्पनी

 कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान ११ बजे २८औं वार्षिक साधारणसभा आयोजना गर्दछ । यो कम्पनीको आज हुँने सभाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय

संस्थाको आठौं वार्षिक साधारणसभा होटल वाटर टावर, विदुर–३, नुवाकोटमा विहान ११ बजे हुँदैछ । यो कम्पनीको साधारणसभाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट १६.९४ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद लाभांश पारित गर्ने छ । 

 गुहेश्वरी माईक्रोफाइनान्स लघुबित्त

को १९ औं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साना किसान लघुवित्त वित्तीय संस्था

संस्थाको  १९औं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १.३१५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

नेपाल एसबिआई बैंक

बैंकको साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश पारित गर्ने छ । 

 वोमी लघुवित्त 

संस्थाले आज दिउँसो ३ बजे आयोजना गरिएको नवौं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर पारित गर्दैछ ।

ङादी ग्रुप पावर लिमिटेड

कम्पनीको  आज हुने सातौं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर, ०.५२६ प्रतिशत नगद लाभांश र ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड

ले दिउँसो ३ बजे आयोजना गरेको सभाले पनि आज आव ०७६/०७७ को चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश पारित गर्दैछ ।

 एनएमबि क्यापिटल लिमिटेड

कम्पनीको  १०औं वार्षिक साधारणसभाले आव ०७६/०७७ को मुनाफाको २१.०५२६ प्रतिशत नगद लाभांश पारित गर्दैछ । क्यापिटलको साधारणसभा दिउँसो ३ बजे बोलाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको