Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १० : २१ मा प्रकाशित

सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

आज मंगलबार नेपाल स्टक एकस्चेन्जले सिद्धार्थ बैंकको सेयर मूल्य समायोजा गरेको छ । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १२ प्रतिशत बोनश सेयर वितरणको प्रस्ताव गरेकाले बैंकको सेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । हिजो बैंकको सेयर ४७२ रुपैयाँ प्रतिकित्तामा कारोबार भएकोमा आज समायोजन पछि बैंकको सेयर प्रतिकित्ता ४२१ रुपैयाँ बाट कारोबार प्रारम्भ हुने छ ।

बैकले आज २८ गतेका लागि बुकक्लोज मिति तोकेकाले हिजो सम्म कायम सेयर धनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्,े माघ १६ गते हुने १९ औँ साधारण सभाले पारित गरेपछी लाभांश वितरण गरिने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको