Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ज्ञानको लागि हेर्नै पर्ने फिल्महरु

कृष्ण भट्टराई

मंगलबार, २८ पुस २०७७, १० : ३२ मा प्रकाशित

सेयर बजारको  ज्ञानको लागि हेर्नै पर्ने फिल्महरु

अहिले नेपालमा सेयर बजारले लगानीकर्तालाइ आकर्षित गरिरहेकाेछ । कतिपय नयाँ लगानीकर्ताहरुले बजारका आधारभूत पक्षहरुका बारेमा ज्ञान नपाउँदा नोक्सानी व्यहोर्न परिरहेको देखिन्छ ।

सेयर बजारका बारेमा अहिले बजारमा बिभिन्न लेखकका पुस्तकहरु पनि प्रसस्त उपलब्ध छन् । साथै अहिलेसम्मको अवस्थामा आइपुग्दा बिश्वमा सेयर बजारलाई नै मुख्य बिषयबस्तु बनाएर धेरै संख्यामा फिल्महरु र्निमाण भइसकेका छन् । पुस्तक पढेरभन्दा आम मानिसहरुले फिल्म हेरेर त्यसकाे बिषयबस्तुका बारेमा बढी ज्ञान हासिल गर्न सक्दछन् ।

अझ भन्नु पर्दा मानिसले कुनै पनि बिषयबस्तुका बारेमा बढेरभन्दा बढी हेरेर बुझ्न सक्छन् । तपाई सेयर बजारमा प्रबेश गर्न चाहानुहुन्छ भने तपाइले सबैभन्दा पहिला सेयर बजारका बारेमा आधारभुत ज्ञान हासिल गर्नु जरुरी हुन्छ । यदि तपाइँ सेयर बजारका आधारभूत पक्षको ज्ञानबिना बजारमा प्रबेश गर्नुभयो भने तपाइँको व्यबसायिक यात्रालाई नोक्सान गर्दछ ।

अहिले बिश्वमा सेयर बजारमा आधारित रहेर धेरै फिल्महरु र्निमाण भएका छन् । बिभिन्न फिल्महरु मध्ये यी फिल्महरु हेर्दा दर्शकहरुले सेयर बजारका बारेमा केही हदसम्म ज्ञान हासिल गर्न सक्दछनः

१.गफला(Gafla): हिन्दी भाषामक बनेका बिभिन्न सेयर सम्बन्धी चलचित्रहरुमध्ये यो फिल्म दर्शकद्वारा अत्याधिक मन पराइएको फिल्म हो, जुन भारतीय सेयर कारोबारी हर्सद मेहताको ४०२५ करोड रुपैयाँ घोटलासँग सम्बन्धित छ ।

फिल्ममा सुवोध नामको एक सामान्य, महत्वकांक्षी,मध्यमवर्गिय एक युवक हुन्छ । जसलाई अगाडि बढ्ने सीमित अवसरहरु हुन्छन् । यस फिल्ममा यही युवकको सेयर बजारको यात्रालाई देखाइएको छ । सेयर बजारमा कारोबार गर्दै जाँदा उ एकदिन बजारको ठूलो खेलाडी बन्न पुग्छ र उसले त्यसैको आडमा ठूलो घोटला गर्दछ ।

आम दर्शकलाई यो फिल्मले सिकाउने मुख्य पाठ भनेको पैसा कमाउन बजारमा अपनाइने रणनीतिबाट कोही पनी सन्तुष्ट छैनन् । सेयर बजारमा अनिष्चितता सधै कायमै रहन्छ । कसैलाइ पनि सेयर बजारका बारेमा सम्पूर्ण जानकारी हुँदैन । लगानीकर्ताहरुले जतिबेला पनि मनग्य कमाउन पनि सक्छन् । भने जुनबेलामा पनि गुमाउन सक्छन् । त्यसकारण बजारमा लगानी गर्दा एकैपटक आफूसँग भएको सबै रकम लगानी गर्नु हुदैन भन्ने सन्देश दिएको छ ।

फिल्ममा सोमेश अग्रवाल,अंकुश चोवे र निशिकान्त दीक्षितले मुख्य भुमिका निर्वाह गरेका छन् ।

 

२. बजार(BAAZZAR): बजार फिल्म सन् २०१८ मा बनेको हिन्दी भाषाको फिल्म हो । यो फिल्म भारतमा एकदमै लोकप्रिय हुनुको साथै व्यवसायिक रुपमा पनि सफल मानिन्छ ।

यो फिल्मको कथा एक सानो सहरको केटा रिजवान अहमदको सेयरबजार यात्रामा आधारित छ, जो जिवनमा एकदमै ठूलो मान्छे बन्न चाहन्छ र आफ्नो आदर्श व्यक्ति शकुन कोठारसँग काम गर्न चाहन्छ ।

फिल्ममा सेयर बजार, भित्री व्यापार, सत्रुतापूर्ण कब्जा,भ्रष्चार आदी पक्षहरु देखाइएको छ यो फिल्मले सेयर कारोबार गर्दा बजारको अबैध कारोबारबाट टाढा रहनुपर्ने र पैसाको बिषयमा कसैलाई आँखा चिम्लियर बिश्वास गर्नु हुदैन भन्ने शन्देश दिएको छ ।

फिल्ममा सैफ अलि खान,रोहन मेहरा,राधिका आप्टे, चित्रांगदा सिंह,रद्धैया कहेंद्रले मुख्य भूमिका र्निवाह गरेका छन् ।

३.द उल्फ अफ वाल स्ट्रीट(The Wolf Of Wall Street): स्टक ब्रोकर जाँर्डन बेलफोर्टको जिवनको घटनामा आधारित रहेर यो फिल्म बनेको छ । फिल्मले आईपिओ जारी गर्ने ठूला कम्पनीकाे ‘पम्प एण्ड डम्प’ योजनाका बारेमा जानकारी दिन्छ ।

यो फिल्म वाल स्ट्रीटमा सेयर ब्रोकरका रुपमा आफ्नो व्यवसायिक यात्रा सुरु गर्ने चरित्रमा आधारित छ, जो आफ्नो राम्रो बुझाउन सक्ने शैली र उच्च मुनाफाका कारण व्यवसायिक रुपमा सफल हुन्छ । तर अपराध र भ्रष्टचारमा सामेल भएका कारण उसको व्यवसायिक जिवन समाप्त हुन्छ ।

यो फिल्मले पनि लगानीकर्ताहरुलाई छिट्टै सफल हुनका लागि छोटो बाटो नअपनाउन प्रेरित गर्छ । गैरकानुनी तरिकाबाट छोटोबाटो अपनाउँदा केही समयका लागि सफल भएपनी त्यो सफलता दिगो हुन नसक्ने शन्देश फिल्मले दिएको छ ।

फिल्ममा लियोनार्डो डिकेप्रियो,जाहान हिल, मार्गेट रौबी,काइल चाँडलर रांब टिनर र जाँन वर्नथलले मुख्य भुमिका निर्वाह गरेका छन् ।

 

४. मार्जिन कल(Margin Call): सन् २००८ को आर्थिक मंदीको सुरुवाती २४ घण्टाको अवधिमा आधारित फिल्म मार्जिन कल एक सफल र रमाइलो फिल्म हो । फिल्ममा ठूलो कम्पनीले अत्याधिक जटिल उपकरणको व्यापार गर्नाले कसरी छोटो समयमा कम्पनी बर्बाद हुन्छ भन्ने कुरा देखाइएको छ ।

फिल्ममा एउटा कम्पनीले एकैपटक ८० प्रतिशत कर्मचारीहरुलाई कम्पनीबाट निष्काशन गर्छ र त्यही निष्काशन भएका कर्मचारीहरुमध्ये एक कर्मचारीले कम्पनीको गोप्य सूचना जुन सूचनाले कम्पनीलाई एकदमै ठूलो समस्या पार्न सक्दछ ।

फिल्ममा यस्तै बिभिन्न अनैतिक प्रचलनहरु देखाइएको छ । फिल्ममा फर्मको बेइमानी र धोकालाई मुख्य रुपमा देखाइएको छ । अन्तिममा यसमा सामेल सबै व्यक्तिहरु बर्बाद हुन्छन् । यो फिल्मले आम दर्शकहरुलाई वेइमानीले क्षणिक लाभ भएता पनि यो दिर्घकालीन नहुने भएकाले बेइमानी नगर्न प्रेरणा दिएको छ ।

५.वाल स्ट्रीट(Wall Street): सेयर कारोबारका बारेमा जान्न चाहनेहरुले हेर्न छुटाउनै नहुने फिल्म वाल स्ट्रीट पनि हो । सन् १९८७ मा रिलीज भएको एक युवा स्टक ब्रोकरको जिवनमा आधारित छ ।

फिल्म एक नौजवान युवक बड फाँक्सको कहानी हो, जो आफ्नो आदर्श व्यक्ति गार्डन गेलाई प्रभावित गर्नका लागि बजारमा व्यापारको अवैधानिक नीतिको उपयोग गर्दछ । यो फिल्ममले मुख्यगरी अवैध ढंगले कमाएको सम्पति लामो समयसम्म रहन सक्दैन भन्ने सन्देश दिन खोजेको छ ।

फिल्ममा माइकल डग्लस,चार्लि सिन,डेरिल हत्रा र मार्टिन शीन जान सी मैकगीनले मुख्य भुमिका र्निवाह गरेका छन् ।

६.द विग सर्ट(The Big Short): द विग सर्ट फिल्म माइकल लुइसद्वारा लिखित पुस्तक ‘द विग सार्टः इनसाइड अफ ड्रम्सर्ड मसिन’ मा आधारित छ । फिल्ममा ३ वटा फरक फरक कथा देखाइएको छ ।

फिल्ममा केही जटील कुराहरु क्रेडिट डिफल्ट स्वैप, काँलेटरजाइज्ड रेडियोप्रतिको दायित्व जस्ता कुराहरुलाइ एकदमै सरल ढंगले बुझाइएको छ । फिल्मले लगानीकर्ताहरुलाइ आफ्नो विश्लेषणमा विश्वास हुनुपर्छ चाहे त्यो दुनियाले विश्वास गरुन् वा नगरुन् तर आफुप्रतिको बिश्वास सधै कायम रहनुपर्छ भन्ने सन्देश दिएको छ ।

फिल्ममा क्रिश्चियन बेल, स्टीव कैरेल, रयान गोस्लिंग, ब्राड पिट, मेलिसा लियो र जाँन मैगरोले मुख्य भुमिका र्निवाह गरेका छन् ।

७.व्याइलर रुम(Boiler Room): यो फिल्मले दर्शकलाई पम्प एण्ड डम्पका बारेमा राम्रोसंग जानकारी गराउँछ । फिल्म सम्पूर्ण ढंगले सफल मानिन्छ ।

फिल्ममा १९ बर्षिय एक युवकका बारेमा हो, जो करोडपति बन्नका लागि एउटा ब्रोकरेज कम्पनी जेरी मर्लिनसँग जोडिन्छ । फिल्ममा कम्पनीले आफ्नो ब्रोकरको उपयोग गरी कसरी नक्कली कम्पनीको सेयर मूल्य कसरी बृद्धि गर्छन भनेर देखाइएको छ । 

फिल्मले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नु पूर्व त्यस कम्पनीको मुल अवधारणा बुझेर जानेर मात्र लगानी गर्न प्रेरित गर्दछ । फिल्ममा जियोवान्नी रिसबी, विन डिजल, निया लाँन्ग, निकी कट र स्टाँक कान्टले मुख्य भूमिका निर्वाह गरेका छन् ।

८.मनी माँन्स्टर(Money Monster): यो फिल्म एक टिभी होस्टका बारेमा बनेको छ, जसले बजारमा सेयर खरिद बिक्रीका लागि सल्लाह सुझाब दिने गर्दछ । यस फिल्ममा काइल गुडबेल नामक एक व्यत्क्तिले आइ.बि.आइ.एस क्लियर क्यापिटलको सेयरमा आफ्नो सम्पूर्ण बचत लगानी गरेर गुमाउन पुग्दछ ।

उक्त कम्पनीमा लगानी गर्न टिभी होस्ट लि गेट्से व्यापक सिफारिस गरेका कारण काइलले लगानी गरेर आफ्नो सम्पूर्ण बचत गुमाउन पुग्दछन् । फिल्मले लगानीकर्ताहरुलाई कोही पनि बिश्लेषक वा सल्लाहकारहरुको आँखा चिम्लियर बिश्वास नगर्न र आफूसँग भएको समपूर्ण रकम एउटै कम्पनीमा मात्र लगानी नगर्न प्रेरित गर्दछ ।

फिल्ममा जुलिया राेवर्टस, जर्ज क्लुनी, ज्याक कार्नेल, डोमिनीक वेस्ट र कैटरियन बालाले मुख्य भुमिका निर्वाह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको