नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुका लागि जारी गर्नलागेको हकप्रद सेयरको आवेदन आज पुस २८ गतेबाट खुला गरिएको छ ।
कोषले सेयरधनीहरुलाई १ः०.८२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३५ लाख ९२ हजार कित्ता हकप्रद सेयरमा सेयरधनीहरुले आवेदन दिन सक्नेछन ।
सेयरधनीहरुले यो हकप्रद सेयर खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभाभागी बैंक तथा वित्तीय संस्थाहरु, टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर र पोखराबाट, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, भरतपुर, बनेपा, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, हेटौँडा, बिर्तामोडका साथै मेरो सेयरको एप्लीकेशन र मेरो सेयरको वेबसाइट मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने छ ।
पुस १४ गते कोषले हकप्रद सेयर प्रयोजनार्थ बुकक्लोज गरिसकेकाले पुस १३ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । माघ १९ गते बैंकिङ समय सम्ममा आवेदन दिइसक्नुपर्ने बिक्रि प्रबन्धक आरबीबी क्यापिटलले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस