Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार नबिलसहित यी ८ वाणिज्य बैंकको लाभांश पारित हुँदै

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १४ : ५९ मा प्रकाशित

बुधबार नबिलसहित यी ८ वाणिज्य बैंकको लाभांश पारित हुँदै

भोलि (पौष २९ गते, बुधबार) ८ वटा वाणिज्य बैंकहरुको वार्षिक साधारण सभा गर्दैछ ।

बैंकहरुको उक्त साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको लाभांशसहित विविध एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।

कुन बैंकको लाभांश कति ?

सेन्चुरी कमर्शियल बैंक 
किसिम :-नवौं र दशौँ 
स्थान :-आर्मी अफिसर्स क्लब, भद्रकाली 
मिति/समय :-पौष २९ गते, बुधबार, बिहान ११ बजे 
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश पारित गर्ने, वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनमाथि छलफल तथा लेखापरीक्षक नियुक्त गर्ने ।

बुकक्लोज:- पौष १६ गते, बिहिबार 

मेघा बैंक लिमिटेड 
किसिम :- दशौँ 
स्थान :-बैंकको केन्द्रीय कार्यालय, कमलादी 
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान ११:३० बजे 
प्रस्ताव :-आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने, वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनमाथि छलफल तथा लेखापरीक्षक नियुक्त गर्ने ।
बुकक्लोज:-पौष १७ गते, शुक्रबार 

प्राइम कमर्शियल बैंक 
किसिम :- तेर्हौं 
स्थान :-बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी 
मिति/समय :-पौष २९ गते, बुधबार, बिहान १०:०० बजे 
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने, वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनमाथि छलफल तथा लेखापरीक्षक नियुक्त गर्ने ।
बुकक्लोज:- पौष २० गते सोमबार 

ग्लोबल आइएमई बैंक 
किसिम :- चौधौं 
स्थान :- कम्पनीको रजिष्टार्ड कार्यालय, काठमाडौं 
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान १०:०० बजे 
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:- पौष १५ गते बुधबारदेखि पौष २९ गते बुधबारसम्म 

कृषि विकास बैंक 
किसिम :- चौधौं 
स्थान :- बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुर 
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान ११:०० बजे 
प्रस्ताव :-आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:-पौष १५ गते बुधबारदेखि पौष २९ गते बुधबारसम्म 

एनएमबि बैंक 
किसिम :- पच्चीसौं 
स्थान :- कृष्ण टावर, काठमाडौं 
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान १०: ३० बजे 
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३ प्रतिशत बोनस र ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:- पौष १६ गते बिहिबार 

नबिल बैंक 
किसिम :- छत्तिसौं 
स्थान :-बैंकको केन्द्रीय कार्यालय, काठमाडौं 
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान १०: ०० बजे 
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:- पौष १५ गते बुधबार 

नेपाल बैंक लिमिटेड 
किसिम :-एकसठ्ठीऔं 
स्थान :- बैंकको प्रधान कार्यालय, धर्मपथ 
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान ११: ०० बजे  
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:- पौष १६ गते बिहिबार 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको