Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ, आज पनि नयाँ रेकर्ड

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १५ : १३ मा प्रकाशित

सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ, आज पनि नयाँ रेकर्ड

दिनहुँ नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजारले आज (मंगलबार) पनि उकालो यात्रा तय गरेको  छ । आज सेयर बजारमा दोहोरो अंकले बढेको हो । आज पनि नेप्सेले २२६७.७३ अंकमा पुगेर नयाँ रेकर्ड राखेको छ   । 

आज नेप्से परिसूचक २८.३१ अंकले बढेर २२६७.७३ अंकमा पुगेको छ  । नेप्से १.२६ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ३.८९ अंकले बढेर ४३३.२८ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ३५ लाख ३१ हजार २ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको मात्र सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २९ करोड ६ लाख ३४  हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :-

5ffd6cd447d83.JPG 5ffd6cd46c466.JPG 5ffd6cd550a4a.JPG 5ffd6cd6498e3.JPG 5ffd6cd71f413.JPG 5ffd6cd72eb16.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको