Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १५ : ५४ मा प्रकाशित

सेयर बजार बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

दिनहुँ नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजारले आज (मंगलबार) पनि उकालो यात्रा तय गरेको  छ । आज सेयर बजारमा दोहोरो अंकले बढेको हो । आज पनि नेप्सेले २२६७.७३ अंकमा पुगेर नयाँ रेकर्ड राखेको छ   । 

आज नेप्से परिसूचक २८.३१ अंकले बढेर २२६७.७३ अंकमा पुगेको छ  । नेप्से १.२६ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ३.८९ अंकले बढेर ४३३.२८ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ३५ लाख ३१ हजार २ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बढेको बजारमा आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले सर्वाधिक नाफा कमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो  ।

त्यसैगरी, क्रमशः आरम्भ चाैतारी लघुवित्त वित्तिय संस्था लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, युनाइटेड फाइनान्स लिमिटेड, अपर तामाकाेशी हाइड्राेपावर कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, समृद्धी फाइनान्स कम्पनी लिमिटेड, गाेर्खाज फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडका सेयरधनीहरूले पनि सबैभन्दा धेरै आम्दानी गरेका छन् । 

5ffd759801c79.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको