आज (पौष २९ गते, बुधबार) ८ वटा वाणिज्य बैंकहरुको वार्षिक साधारण सभा हुँदैछ ।
बैंकहरुको उक्त साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको लाभांशसहित विविध एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।
कुन बैंकको लाभांश कति ?
सेन्चुरी कमर्शियल बैंक
किसिम :-नवौं र दशौँ
स्थान :-आर्मी अफिसर्स क्लब, भद्रकाली
मिति/समय :-पौष २९ गते, बुधबार, बिहान ११ बजे
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश पारित गर्ने, वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनमाथि छलफल तथा लेखापरीक्षक नियुक्त गर्ने ।
बुकक्लोज:- पौष १६ गते, बिहिबार
मेघा बैंक लिमिटेड
किसिम :- दशौँ
स्थान :-बैंकको केन्द्रीय कार्यालय, कमलादी
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान ११:३० बजे
प्रस्ताव :-आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने, वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनमाथि छलफल तथा लेखापरीक्षक नियुक्त गर्ने ।
बुकक्लोज:-पौष १७ गते, शुक्रबार
प्राइम कमर्शियल बैंक
किसिम :- तेर्हौं
स्थान :-बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी
मिति/समय :-पौष २९ गते, बुधबार, बिहान १०:०० बजे
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने, वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनमाथि छलफल तथा लेखापरीक्षक नियुक्त गर्ने ।
बुकक्लोज:- पौष २० गते सोमबार
ग्लोबल आइएमई बैंक
किसिम :- चौधौं
स्थान :- कम्पनीको रजिष्टार्ड कार्यालय, काठमाडौं
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान १०:०० बजे
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:- पौष १५ गते बुधबारदेखि पौष २९ गते बुधबारसम्म
कृषि विकास बैंक
किसिम :- चौधौं
स्थान :- बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुर
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान ११:०० बजे
प्रस्ताव :-आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:-पौष १५ गते बुधबारदेखि पौष २९ गते बुधबारसम्म
एनएमबि बैंक
किसिम :- पच्चीसौं
स्थान :- कृष्ण टावर, काठमाडौं
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान १०: ३० बजे
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३ प्रतिशत बोनस र ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:- पौष १६ गते बिहिबार
नबिल बैंक
किसिम :- छत्तिसौं
स्थान :-बैंकको केन्द्रीय कार्यालय, काठमाडौं
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान १०: ०० बजे
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:- पौष १५ गते बुधबार
नेपाल बैंक लिमिटेड
किसिम :-एकसठ्ठीऔं
स्थान :- बैंकको प्रधान कार्यालय, धर्मपथ
मिति/समय :- पौष २९ गते, बुधबार, बिहान ११: ०० बजे
प्रस्ताव :- आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गर्ने
बुकक्लोज:- पौष १६ गते बिहिबार
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस