Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको सेयर बजारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १५ : ०९ मा प्रकाशित

दोहोरो अंकले बढेको सेयर बजारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार

सेयर बजारले आज (बुधबार) पनि उकालो यात्रा तय गरेको  छ । आज सेयर बजारमा दोहोरो अंकले बढेको हो । आज पनि नेप्सेले २२८६.५४ अंकमा पुगेर नयाँ रेकर्ड राखेको छ   । पछिल्लो समय सेयर बजारले दिनहुँ  नयाँ रेकर्ड राख्दै आइरहेको छ ।

आज नेप्से परिसूचक १८.८१ अंकले बढेर २२८६.५४ अंकमा पुगेको छ  । नेप्से ०.८३ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि १.९७ अंकले बढेर ४३५.२५ अंकमा पुगेको छ ।

कुल २ सय ७वटा कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८ सय ४९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९१ करोड ४३ लाख  ८९ हजार २ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी २ वटा उपसमुहको मात्र सेयर घटेको छ । 
त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल टेलिकमले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २६ करोड ५५ लाख २४  हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :-

5ffebd49a0149.JPG 5ffebd49a8693.JPG 5ffebd4a9825e.JPG 5ffebd4b5c062.JPG 5ffebd4b7fccb.JPG 5ffebd4c21f73.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको