Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १५ : ३९ मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

सेयर बजारले आज (बुधबार) पनि उकालो यात्रा तय गरेको  छ । आज सेयर बजारमा दोहोरो अंकले बढेको हो । आज पनि नेप्सेले २२८६.५४ अंकमा पुगेर नयाँ रेकर्ड राखेको छ   । पछिल्लो समय सेयर बजारले दिनहुँ  नयाँ रेकर्ड राख्दै आइरहेको छ ।

आज नेप्से परिसूचक १८.८१ अंकले बढेर २२८६.५४ अंकमा पुगेको छ  । नेप्से ०.८३ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि १.९७ अंकले बढेर ४३५.२५ अंकमा पुगेको छ ।

कुल २ सय ७वटा कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८ सय ४९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९१ करोड ४३ लाख  ८९ हजार २ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बढेको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले सर्वाधिक नाफा कमाएको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।  त्यसैगरी, क्रमशः आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, गुँरास फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले पनि सर्वाधिक नाफा कमाएका छन् ।

5ffec393243e5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको