Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ३६औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १७ : ०१ मा प्रकाशित

नबिल बैंकको ३६औं वार्षिक साधारण सभा सम्पन्न

नबिल बैंकको आज पुस २९ गते  ३६ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरे अनुसार आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । 


साधारण सभाले सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्न अनन्त पौड्याल तथा श्री प्रविन टिवडेवाला लाइ निर्विरोध निर्वाचित गरेको छ । 
आ.व. २०७६÷७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३  अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७अर्ब पु¥याएको छ ।समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूंजी यस बर्ष रु. १३ अर्ब ४८ करोड रुपैया नाघेको छ ।


साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष उपेन्द्र पौड्यालले भन्नुभयो “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”हामी ठूलो बैंकसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौ । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ ।बैंकले स्थापनाकाल देखि हालसम्म रू.२१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ वास्तविक अर्थतन्त्रलाइ सहयोग  पुर्याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौ“ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको