Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक उचालिएका बेला यी हुन् सस्तो सेयर मूल्य भएका कम्पनी

अर्थ संसार

विहीबार, ०१ माघ २०७७, ०८ : १० मा प्रकाशित

नेप्से परिसूचक उचालिएका बेला यी हुन् सस्तो सेयर मूल्य भएका कम्पनी

बजारमा कुनै पनि कम्पनीको सेयर खरिद गर्नुपूर्व लगानीकर्ताहरुले कम्पनीका विभिन्न पक्षहरुका बारेमा अध्ययन गरेर मात्र लगानी गर्नु पर्छ । यसो गर्दा लगानी सुरक्षित हुन जान्छ ।

कम्पनीमा लगानी गर्नु पूर्व कम्पनीको पिई रेसियो, कम्पनीको इपिएस, कम्पनीको बुक भ्यालू, कम्पनीको व्यवस्थापनलगायत बिभिन्न पक्षहरुको अध्ययन गर्न जरुरी मानिन्छ ।

कम्पनीको बित्तिय अवस्थालाई बुझाउने बिभिन्न पक्षहरु मध्य कम्पनीको पिई रेसियो पनि महत्वपुर्ण पक्ष मानिन्छ । जुन कम्पनीको पिई रेसियो न्यून हुन्छ त्यस्ता कम्पनीहरुमा लगानी गर्दा लगानी सुरक्षित हुने मानिन्छ ।

पिई रेसियोको र्निधारण उक्त कम्पनीको प्रतिसेयर आम्दानी र बजारमा चलेको सेयरको मूल्यका आधारमा गर्ने गरिन्छ । पिई रेसियो निकाल्न कम्पनीको हालको सेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भाग गरिन्छ ।

सेयर बिश्लेषकहरु कम्पनीको जति उच्च पिई रेसियो त्यति उच्च जोखिम, जति न्यून पिई रेसियो त्यती न्यून जोखिम भन्ने गर्दछन् । यसरी हेर्दा लगानीकर्ताहरुले लगानी गर्दा सकेसम्म कम पिई रेसियो भएका कम्पनीमा लगानी गर्दा लगानी डुब्ने खतरा कम हुने बिश्लेषकहरुको भनाई छ ।

अहिले नेपालको दोस्रो बजार कारोबारमा दिँनहु जसो नयाँ नयाँ रेकर्डहरु बनिरहेका छन् । कतिपय कम्पनीहरुको सेयर मूल्य एक बर्षमै ३०० प्रतिशतभन्दा बढिले बृद्धि भएको छन् । अहिले नेपाली सेयर बजारमा न्यून पिई रेसियो भएका बैंक तथा बित्तिय संस्थाहरु निम्न छन्ः

5fffac1a73a54.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको