Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले साधारण सभाको मिति तोक्यो, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, १० : ५५ मा प्रकाशित

गरिमा विकास बैंकले साधारण सभाको मिति तोक्यो, बुकक्लोज कहिले ?

गरिमा विकास बैंक लिमिटेडले लाभांश पारित गर्ने मुख्य ऐजेन्डा सहित बैंकको १४ औ साधारण सभाको मिति तय गरेको छ । 

बैंकको पुस २९ गते बसेको सञ्चालक समितीको बैठकले आगामी माघ २९ गते साधारण सभा आयोजना गर्ने र्निणय गरेको हो । 

सभाले १३.५ प्रतिशत बोनश सेयर र ०.७१ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरि कुल १४.२१ प्रतिशत लाभांश अनुमोदन गर्ने छ । कम्पनीको साधारण सभा पोखराको पोखरा ग्रान्ड होटलमा बिहान १०ः३० मा सुरु हुनै बैंकले जनाएको छ । 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर र प्राप्ति प्रयोजनका लागि प्रक्रिया अगाडि बढाउन गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनु्मोदन गर्नेछ। 

बैंकले माघ १२ गते देखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ अर्थात माघ ११ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र बोनश प्राप्त गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको