Like us!
Follow us!
Connect us!
Watch us!

सुपरदोर्दी इन्भेष्टमेन्टको वार्षिक सभा कहिले ?

अर्थ संसार संवाददाता

शुक्रबार, ०२ माघ २०७७, १२ : २२ मा प्रकाशित

सुपरदोर्दी इन्भेष्टमेन्टको वार्षिक सभा कहिले ?

सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले छैंटौ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पौष २५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा माघ २५ गते आइतबार काठमाडौं (पिपुल्स हाइड्रोपावरको सभाकक्ष)मा दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई पिपुल्स हाइड्रोपावर लिमिटेडमा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अबलम्बन गरि एक एक आपसमा मर्जर गर्ने सहमति पनि गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

 

60013b5f7e9ab.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको