Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओ बाडफाँड कहिले ?

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, १० : १९ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओ बाडफाँड कहिले ?

पुस २४ गते देखि २८ गते सम्म सर्वसाधारणका लागि खुला गरिएको चन्द्रागिरी हिल्स को आईपिओको बाडफाड कहिले हुन्छ भन्ने विषय अहिले आम लगानीकर्ताको चासोको बिषय बनेको छ । 

नेपालको इतिहासमै सबैभन्दा बढि आवेदन परेको उत्त कम्पनीको आईपिओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको हो ।

कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको छ ।

कम्पनीको आईपिओमा आवेदन दिनेमध्य ८८ प्रतिशत भन्दा बढि लगानीकर्ताहरुको हात खालि हुने निष्चित भएको छ । 

कम्पनीको सेयर कम्तीमा १० कित्ता प्रतिव्यत्ति लाइ वितरण गर्दा उत्त कम्पनीको आईपिओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् भने बाँकी २ कित्ता १० कित्ता भन्दा बढि आवेदन दिनेहरुमध्य बाट गोलाप्रथाद्धारा दुई जनामा वितरण गरिने छ । 

कम्पनीको आइपिओ बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपिओ बाडफाडको काम यो साता भित्रमै गर्ने गरि तयारी भइरहेको जनाएको  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको