Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आइपिओमा लगानीकर्ताको लर्को, धेरै कित्ता पाउने संभावना घट्दै ,कति पर्यो आवेदन ?

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, ११ : ०७ मा प्रकाशित

निफ्राको आइपिओमा लगानीकर्ताको लर्को, धेरै कित्ता पाउने संभावना घट्दै ,कति पर्यो आवेदन ?

नेपालमा अहिले सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ अहिलेको समयलाई नेपालको आइपिओ आवेदनका लागि स्वर्णिम युग मान्न सकिन्छ । 

अहिले सिआस्वा अनुमति प्राप्त बैंक तथा बित्तिय संस्थाहरुमा बैंकिङ कार्यका लागी भन्दा पनि डिम्याट एकाउन्ट र मेरो सेयरको खाता खोल्नका लागि मानिसहरुको थेगिनसक्नु भिड देख्न सकिन्छ ।

शुक्रबारबाट आवेदन खोलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा लगानीकर्ताहरुको आकर्षण अत्याधिक देखिएको छ । नेपालको इतिहासकै ठुलो परिणामको आइपिओ निष्काशन हुने भएपछि लगानीकर्ताहरु लगानीका लागि लालायित भएका हुन् ।

केहि समय देखी साना साना परिणामका आइपिओ निष्काशन भएकाले धेरै लगानीकर्ताहरु आइपिओ नपरेर निराश भइरहेको अवस्थामा यो कम्पनीको आइपिओ आवेदन दिने सबैलाई पर्ने निष्चित भएपछि नयाँ नयाँ लगानीकर्ताहरु पनि आकर्षित छन् ।

शुत्रबारबाट आवेदन खोलेको उत्त कम्पनीको आइपिओमा आवेदन दिनकैलागि कैयौँ लगानीकर्ताहरुको बैंक,क्यापिटल तथा ब्रोकरहरुमा लाम लागेको देखिन्छ ।

आइतबार बिहान सम्म कम्पनीको आइपिओमा ६ लाख ३९ हजार को संख्यामा ७ करोड ९४ लाख भन्दा बढि कित्ताका लागि आवेदन परिसकेको कम्पनीको आइपिओ बिक्रिप्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

लगानीकर्ताहरुले कम्पनीको आइपिओमा मंगलबार बैकिङ समय सम्मका आवेदन दिन सक्ने छन् । कम्पनीले माग गरेको कित्ता बराबर संख्यामा आवेदन परिसकेको छ ।

कम्पनीको आइपिओमा आवेदन दिन अझै तिन दिन बाँकी रहेकाले उल्लेख्यि संख्यामा कम्पनीको आइपिओमा आवेदन पर्ने देखिन्छ । पछिल्लो पटक चन्द्रागिरी हिल्सको आइपिओमा हालसम्मकै धेरै संख्यामा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको थियो ।

निफ्राको आइपिओले अहिले सम्मका सबै रेकर्डहरु ब्रेक गर्ने निष्चित जस्तै देखिन्छ । हाल सम्मकै धेरैे संख्यामा आवेदन पर्नुका साथै सबै भन्दा बढि कित्ता सेयर आवेदनको रेकर्ड पनि कम्पनीकै नाममा हुने देखिन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको