Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पुन: नयाँ रेकर्ड, २८.४६ अंकले बढ्यो नेप्से

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, १५ : १६ मा प्रकाशित

सेयर बजारमा पुन: नयाँ रेकर्ड, २८.४६ अंकले बढ्यो नेप्से

पछिल्लो समय सेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्दै आइरहेको  छ । आज (आइतबार) कारोबारको सुरुमा नै उकालो यात्रामा रहेको सेयर बजार उतारचढावको बीच बढेर नयाँ रेकर्ड राखेको छ ।

कारोबारको सुरुमा २३१६.८१ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा २३१५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज नेप्से परिसूचक २८.४६ अंकले बढेर  २३१५ अंकमा पुगेको हो  । नेप्से १.२४ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ८.१७  अंकले बढेर ४४३.४२ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा अर्थात् हाइड्रोपावर उपसमुहको मात्र सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल टेलिकमले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड १० लाख १२ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :- 

600404dd2f4e7.JPG 600404dd3812b.jpg 600404df112d8.JPG 600404df3569b.JPG 600404e0ea943.JPG 600404e1158b3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको