आज आइतबारको कारोबारमा नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५ को बिन्दुमा पुगेको छ ।
नेप्से दोहोरो अंकले बढेर नेप्से परिसुचक सर्वाधिक उच्च बिन्दुमा पुग्दा धेरै कम्पनीका लगानीकर्ताहरु मालामाल हुँदा आज केहि कम्पनीका लगानीकर्ताहरु भने निराश हुन परेको छ ।
आज सबैभन्दा बढि सेयर मूल्य युनाइटेड फाइनान्सको घटेको छ । कम्पनीको सेयर मूल्यमा आज ५.७१ प्रतिशतले ह्रास आएको नेप्सेले जनाएको छ ।
आज सर्वाधिक सेयर मूल्य घट्ने कम्पनीहरुमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयर,र्मिमिरे माक्रोफानान्स,नेपाल एसबिआई बैंक,रसुवागढी हाइड्रोपावर,नेपाल इन्भेष्टमेन्ट बैंक,सान्जेन जलबिद्युत,शिवश्री हाइड्रोपावर,एनआइसी एसिया डिबेन्चर २०८२ र सनराइज बैंक डिबेन्चर २०८३ रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस