Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार २८.४६ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता मख्खै !

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, १५ : ५९ मा प्रकाशित

सेयर बजार २८.४६ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता मख्खै !

पछिल्लो समय सेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्दै आइरहेको  छ। आज (आइतबार) कारोबारको सुरुमा नै उकालो यात्रामा रहेको सेयर बजार उतारचढावको बीच बढेर नयाँ रेकर्ड राखेको छ ।

कारोबारको सुरुमा २३१६.८१ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा २३१५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज नेप्से परिसूचक २८.४६ अंकले बढेर  २३१५ अंकमा पुगेको हो  । नेप्से १.२४ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ८.१७  अंकले बढेर ४४३.४२ अंकमा पुगेको छ ।

सेयर बजार बढ्दा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सर्वाधिक नाफा कमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो  । त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स, किसान लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त र मञ्जुश्री फाइनान्सका सेयरधनीहरुले पनि सबैभन्दा बढी नाफा कमाएका छन् ।

60040ee3c9672.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको