Like us!
Follow us!
Connect us!
Watch us!

यो बर्ष आईपिओमा लगानी गर्नेहरू मालामाल, एउटै कम्पनीबाट कमाए लगानीकाे १४ गुणासम्म

कृष्ण भट्टराई

आइतबार, ०४ माघ २०७७, १६ : ०३ मा प्रकाशित

यो बर्ष आईपिओमा लगानी गर्नेहरू मालामाल, एउटै कम्पनीबाट कमाए लगानीकाे १४ गुणासम्म

आईपिओमा नयाँ लनागीकर्ता भित्रिएको हिसाबले यो बर्षलाई आइपिओका लागि स्वर्णिम अबसर मान्न सकिन्छ । केहि समय पहिलेसम्म पनि १० लाखभन्दा कम संख्यामा रहेका डिम्याट खाताको संख्या अहिले २५ लाख नाघिसकेको छ ।

बजारमा यो एक बर्ष जति नयाँ लगानीकर्ताहरु भित्रिए त्यसै अनुपातमा अहिले बजार पनि बुम भइरहेको छ । करिब १० कहिनाअघि नेपाल पुनर्बिमा कम्पनीले चैत्र २६ गते १ करोड ६० लाख कित्ता सेयर कित्ता निस्कासन आवेदन गरेको थियो । जसमा १ करोड ५१ लख २६ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएकोमा उत्क्त कम्पनीको आईपिओमा ३ लाख ९१ हजार ६ सय २६ जनाको आवेदन परेको थियो ।

पछिल्लो समय सबैभन्दा बढी आवेदन चन्द्रागिरी हिल्सको आईपिआमा परेको छ। कम्पनीको आइपिओमा १२ लाख ५१ ह्जार ९ सय ३८ जनाको आवेदन गरेका थियो । यो १० महिनामा सेयर आवेदकहरुको संख्या करिब ३ गुणाले बढेको छ । हाल जारी गरिएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को आइपिआले अझै आवेदकको संख्यामा उछाल ल्याउने पक्का छ ।

यो करिब एक बर्षको बिचमा जारी भएका बिभिन्न कम्पनीहरुको आइपिओबाट लगानीकर्ताहरुले के कति मुनाफा हासिल गरे त ?

१.नेपाल पुनर्बिमा कम्पनीः नेपाल पुनर्बिमा कम्पनीले चैत्त २६ गते १०० रुपैयाँ मूल्यका १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सेयर सर्वसाधरणका लागि जारी गरेको थियो । उक्त कम्पनीमा १० महिनाअघि १ हजार रुपैया लगानी गर्ने लगानीकर्ताको पूँजी आजको बजार मूल्य अनुसार १५ हजारभन्दा माथि छ । यो १० महिनामा कम्पनीमा गरेको लगानीमा लगानीकर्ताहरुले १४ गुणाभन्दा बढी मुनाफा कमाउन सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १५४० रुपैयामा कारोबार भएको छ।

२.अजोड इन्स्योरेन्सः कम्पनीले असार २५ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।असारमा कम्पनीको सेयरमा हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरूले अहिलेसम्म पाँच गुणाभन्दा बढी प्रतिफल हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ६८२ रुपैयामा कारोबार भएको छ।

३.रिलायन्स लाइफ इन्स्योरेन्सः कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ५६ लाख ३० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । भाद्र महिनामा कम्पनीको सेयरमा १००० रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरुको सेयर मूल्य बढेर अहिले ६००० भन्दामाथि पुगिसकेको छ । कम्पनीको लगानीबाट लगानीकर्ताहरुले ५०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ६३२ रुपैयामा कारोबार भएको हो ।

४.लिबर्टी इनर्जीः कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ३५ लाख ५० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपिओमा गरेको लगानीबाट लगानीकर्ताले १०० प्रतिशतभन्दा बढी मुनाफा कमाएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर २१६ रुपैयाँमा कारोबार भएको छ।

५.एनआइसी एसिया लघुबित्तः कम्पनीले असार १० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यस कम्पनीको आईपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले हालसम्म ६५० प्रतिशत भन्दा बढी मुनाफा हासिल गर्न सफल भएका छन् ।

६.सानीमा जनरल इन्स्योरेन्सः कम्पनीले असोज २१ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले ५०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ६०६ रुपैयामा कारोबार भएको छ।

७.एनआरएन इन्फ्रास्ट्रक्चरः कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले २७० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ३७० रुपैयामा कारोबार भएको छ।

८.माउन्टेन इनर्जीः कम्पनीले कार्तिक २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार २६५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ३०० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ३९७ रुपैयामा कारोबार भएको छ।

९.जनरल इन्स्योरेन्सः कम्पनीले असोज १४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ४९० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ५८७ रुपैयामा कारोबार भएको छ।

१०.साधना लघुबित्तः कम्पनीले असार २१ गते बाट १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ११३० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १२३३ रुपैयाँमा कारोबार भएको छ।

११.युनाईटेड इदी मार्दीः कम्पनीले मंसिर ३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ८ लाख १२ हजार ८३६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब १२० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर २२२ रुपैयाँमा कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको