Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल र डिजेलकाे मूल्य बढ्याे

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १२ : ३९ मा प्रकाशित

पेट्रोल र डिजेलकाे मूल्य बढ्याे

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हिजो (माघ ५ गते, सोमबार) रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गराएको हो ।
 
बढेको मूल्यसंगै पेट्रोलको नयाँ भाउ प्रतिलिटरमा ११० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैया कायम भएको छ । यद्यपि खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार बढेको भाउ प्राप्त भएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको