Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले घट्यो सेयर बजार, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १५ : १६ मा प्रकाशित

झिनो अंकले घट्यो सेयर बजार, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

आज (मंगलबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ ।  कारोबारको सुरुमा २३६२.६१ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा २३२६.९० को बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट देखिएको हो ।

आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० अंकमा पुगेको हो  । नेप्से ०.२४ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि २.८५  अंकले घटेर ४४२.८२ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा अर्थात् हाइड्रोपावर उपसमुहको मात्र सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ९१ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

सेयर तालिका हेर्नुहोस् :- 

6006a83dbe28f.JPG 6006a83dc6fb0.JPG 6006a83e2636f.JPG 6006a83e2ef70.JPG 6006a83e7e9cb.JPG 6006a83e89953.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको