Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १५ : ४१ मा प्रकाशित

सेयर बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज (मंगलबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ ।  मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट देखिएको हो ।

आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० अंकमा पुगेको हो  । नेप्से ०.२४ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि २.८५  अंकले घटेर ४४२.८२ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार घट्दा पनि गोर्खाज फाइनान्स लिमिटेडका सेयरधनीले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, नेपाल फाइनान्स लिमिटेड र प्रोगेशिभ फाइनान्स लिमिटेडको सेयरमूल्य पनि १० प्रतिशले बढेको छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, गुडविल फाइनान्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले पनि मंगलबार सर्वाधिक नाफा कमाएका छन् ।

6006aceed13e4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको