Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सको वार्षिक सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, ०८ : १४ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सको वार्षिक सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २६औं वार्षिक साधारण सभा आज (माघ ७ गते, बुधबार) हुँदैछ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा हाेटल हिमालय, ललितपुरमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । 

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस २१ गते बुकक्लाेज गरेको थियाे । त्यसैले, पुस २० गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको