Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आईपिओमा आवेदकको ओइरो, सबैको भागमा ५० कित्ता पक्का !

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १२ : ५६ मा प्रकाशित

निफ्राको आईपिओमा आवेदकको ओइरो, सबैको भागमा ५० कित्ता पक्का !

गत शुक्रबारबाट बिक्रि खुल्ला गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिआले नेपालमा नयाँ रेकर्ड कायम गरेको छ । उत्त कम्पनीको आइपिओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको हो । 

चन्द्रागिरी हिल्सको नाममा एक साता अघि मात्र बनेको उच्च उक्त रेकर्ड हिजो मंगलबारबाट निफ्राको नाममा भएको छ । पुस २८ गते सम्म आवेदनको अन्तिम मिती रहेको चन्द्रागिरी हिल्सको आइपिओमा १२ लाख ५१ ह्जार ९३८ जनाको आवेदन परेको थियो ।

यो एक सातामा आइपिओ आवेदकको संख्या करिब ३ लाखले बढेको हो । निफ्राको आइपिओमा हिजो आवेदनको अन्तिम दिन सम्ममा १५ लाख ५० हजार ९३ जनाको आवेदन परेको छ ।

माग कित्तालाई आवेदकको संख्याको भाग गरेर हेर्दा आवेदन दिने सबैको भागमा ४८ कित्ता सेयर पर्न जान्छ तर कतिपय आवेदकले ५० कित्ता भन्दा पनि कम संख्यामा आवेदन दिएको र कतिपय आवेदकको आवेदन पनि अस्विकृत हुन सक्ने भएकाले ५० कित्ता भन्दा बढि आवेदन दिने सबैको भागमा ५० कित्ता सेयर भाग पर्ने देखिन्छ ।

सर्वसाधारणका लागि जम्मा ७ करोड ५८ लाख चालिस हजार कित्ता सेयरका लागी आवेदन माग गरिइकोमा अन्तिम दिन सम्ममा १८ करोड २८ लाख ३८ हजार ६८० कित्ता सेयरको आवेदन परेको आइपिओ बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको