Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओको प्रिअलटमेन्ट सम्पन्न, बाँडफाडको साईत पनि जुर्यो !

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १६ : ५४ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओको प्रिअलटमेन्ट सम्पन्न, बाँडफाडको साईत पनि जुर्यो !

 चन्द्रागिरी हिल्सले जारी गरेको  साधारण सेयर (आईपिओ )को प्रिअलटमेन्ट (आज) बुधबार  सम्पन्न भएको छ  ।

आइपिओ बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले  भर्खरै प्रिअलटमेन्टको काम सम्पन्न भएको जनाएको छ ।  अलटमेन्टको काम सकिएसँगै नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र बोर्डको अनुमती प्राप्तिपछी सेयर बाँडफाड गरिने छ । क्यापिटलका अनुसार शुक्रबारका लागि आईपिओ बाँडफाँडको प्रस्ताव अघि सारिएकोले शुक्रबारै सेयर बाँडफाँड हुन सक्ने प्रवल सम्भावना रहेको क्यापिटलले जनाएको छ । 

कम्पनीको आइपिओमा १३ लाख ९६ हजार २२ कित्ताका लागी १२ लाख ५१ ह्जार ९३८ जनाको आवेदन परेको छ । यो कम्पनीको सेयर १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता मात्र पाउनेछन् भने बांकी ११ लाख १२ हजार ३३६ जनाको हात खालि हुने निष्चित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको