Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको नाफा बढ्दा अरु सूचक के भए ? (विवरणसहित)

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, ०९ : ०३ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको नाफा बढ्दा अरु सूचक के भए ? (विवरणसहित)

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३०.२८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिमा १ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले ६७ करोड ४९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा २८.१९ प्रतिशतले धेरै हाे । 

यसका साथै, दोस्रो त्रैमासमा बैंककाे वितरणयोग्य मुनाफा ५२ करोड ५५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंक  प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १३० पैसा ४६ रुपैयाँ रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको