Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट, अन्य सूचक कस्तो छ ?

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, ०९ : ४१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट, अन्य सूचक कस्तो छ ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४.७७ प्रतिशतले घटेको हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

दोस्रो त्रैमासमा बैंकले २ अर्ब ९८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिमा ३ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

त्यसैगरी, दोस्रो त्रैमासमामा बैंकको संचालन मुनाफा पनि २.०८ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो।

बैंकको रिजर्भको आकार १८.३५ प्रतिशतले बढेर १२ अर्ब १५ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको रिजर्भ आकार १० अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २२.२७ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस २३.३९ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर कुल नेटवर्थ २०७.३९ रुपैयाँ रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको