Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्बको ऋणपत्र माघ १६ गतेदेखि बजारमा आउँदै

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १० : ११ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्बको ऋणपत्र माघ १६ गतेदेखि बजारमा आउँदै

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले माघ १६ गते शुक्रबारबाट उक्त ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । 

जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न असाेज ५ गते साेमबार निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाईमंसिर १८ गते, बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे ।

लगानीकर्ताले यस ऋणपत्रमा माघ १६ गते शुक्रबारबाट छिटोमा माघ २० गतेसम्म र ढिलोमा माघ ३० गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड,नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रकाे बारेमा अन्य विवरण हेर्नुहोस्:
 

600903f6375b7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको