Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १० : ४० मा प्रकाशित

महिला सहयात्रा लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

संस्थाकाे माघ ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

60090bd6e1720.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको