Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लघुवित्तको अधिकांश सुचकमा उछाल, खुद मुनाफा ८५४.९१ प्रतिशतले बढ्यो

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १० : ४१ मा प्रकाशित

महिला सहयात्रा लघुवित्तको अधिकांश सुचकमा उछाल, खुद मुनाफा ८५४.९१ प्रतिशतले बढ्यो

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको अघिकांश सूचकमा चमक देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८५४.९१ प्रतिशतले धेरै हो। गत वर्षको सोहि अवधिमा संस्थाले ४६ लाख २ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

यस्तै, सो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि ६३ प्रतिशत भन्दा बढिले बढेर १० करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा यस्तो आम्दानी ६ करोड १९ लाख रुपैयाँमा सीमित थियो।

चैत मसान्तसम्म संस्थाको सञ्चालन मुनाफा ६ करोड १३ लाख रुपैयाँ पुगेको  छ । गत वर्षको सोहि अवधिमा संस्थाको सञ्चालन घाटा ६५ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ७ करोड ६० लाख रुपैयाँ रहेको छ । यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) ४४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको