Like us!
Follow us!
Connect us!
Watch us!

बाइडेनको प्रभाव सेयरबजारमा पहिलो दिनमै अमेरिकी बजारमा बन्यो नयाँ रेकर्ड

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १३ : ०५ मा प्रकाशित

बाइडेनको प्रभाव सेयरबजारमा पहिलो दिनमै अमेरिकी बजारमा बन्यो नयाँ रेकर्ड

जो बाइडन अमेरिकाको राष्ट्रपतिमा नियुक्त भएपछि अमेरिकाको सेयर बजारमा नया रेकर्ड बनेको छ।

एस एन्ड पी ५०० इन्डेक्स १.४ प्रतिशतले बढ्दा नासडक इन्डेक्स पनि १.९७ प्रतिशतले उकालो लागेको छ। यो बृद्धि अमेरिकाले हालसम्म नयाँ राष्ट्रपति पाएको पहिलो दिनै अहिलेसम्मै सबैभन्दा बढी हो। ।

अमेरिकामा बाइडनले राष्ट्रपति चुनाव जितेदेखि सपथ ग्रहण सम्म अमेरिकी बजारमा ब्यापक वृद्धि भइरहेको छ। ग्लोबल रिसर्च संस्था सीएफआरएका अनुसार यस बीच एस एन्ड पी ५०० इन्डेक्स १३ प्रतिशतले बढेको छ। 

हालसम्म अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएदेखि शपथ ग्रहणसम्म अमेरिकी सेयर बजारमा भएको बृद्धिमा यो नै अहिलेसम्मकै उच्च बृद्धिदर हो। 

त्यस्तै पछिल्लो रेकर्डतोड वृद्धि जोन एफ क्यानेडी राष्ट्रपतिमा र्निवाचित हुँदाको समयमा भएको थियो। सन् १९६१ मा जोनले राष्ट्रपतिको शपथ लिएका थिए। त्यसबेला उनले चुनाव जितेर र शपथ लिँदासम्मको ७३ दिनमा एस एन्ड पी ५०० इन्डेक्स ८.८ प्रतिशतले बढेको थियो।  – एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको