Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबारको कारोबारमा माइक्रोफाइनान्स उपसमुहको सेयर मूल्यमा उछाल !

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १५ : २९ मा प्रकाशित

बिहिबारको कारोबारमा माइक्रोफाइनान्स उपसमुहको सेयर मूल्यमा उछाल !

बिहिबार नेप्सेमा माइक्रोफाइनान्स उपसमुहका कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ ।

आजको कारोबारमा सर्वाधिक मूल्य बढ्ने कम्पनीको शिर्ष १० कम्पनीहरु मध्यमा ८ कम्पनी माइक्रोफाइनान्स उपसमूहका रहेका छन् । आज समग्रमा यो उपसमूहको उपसूचक ४ प्रतिशतले बृद्धि भएको छ । 

आज सबैभन्दा बढि मूल्य बृद्धि हुने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स कम्पनी रहेको छ । आज कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको नेप्सेले जनाएको छ । 

आज सेयर मूल्य बृद्धि हुने शिर्ष १० कम्पनीमा पर्न सफल यो उपसमूहका अन्य कम्पनीहरुमा स्वाभिमान लघुबित्त,आशा लघुबित्त,ग्रामिण विकास लघुबित्त,महिला सहयात्रा लघुबित्त,गुँरास लघुबित्त,इन्फिनीटी माइक्रोफाइनान्स र सुर्योदय लघुबित्त बित्तिय संस्था रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको